नेपाल विदेशी लगानीका लागि भर्जिन देश हो, तर यहाँ लगानी भित्र्याउनदेखि नाफा लैजानसम्म समस्या छ
२०४६ को राजनीतिक परिवर्तनअघि नै नेपालमा बहुराष्ट्रिय कम्पनीहरू भित्रिन सुरु गरिसकेका थिए । डाबर, युनिलिभरलगायत बहुराष्ट्रिय कम्पनी सुरुवातमै आएका हुन् । तत्कालीन सरकारले ०४८ मा उदार अर्थनीति अंगीकार गरेपछि अरू बहुराष्ट्रिय कम्पनी पनि भित्रिँदै गए । नेपालमा विदेशी लगानी भित्र्याउन मात्र होइन कि स्वदेशी लगानी फस्टाउन पनि खुला बजार अर्थनीति ‘टर्निङ प्वइन्ट’ नै बन्यो ।