Nepallive - Ravibhakta Shrestha

23 March 2022

२०४६ सालको परिवर्तनपछि नेपालले औद्योगिक विकासको बाटो समात्यो। खुला बजार व्यवस्थाको सुरुवातसँगै नियन्त्रित लगानी खुला भयो। तर अस्थिर राजनीति र दशक लामो युद्धले आर्थिक विकासको गतिलाई अवरोध गरिरह्यो।

२०७२ सालमा संविधान बनेपछि धेरैको अपेक्षा थियो, अब राजनीतिक स्थिरता हुन्छ र मुलुक आर्थिक विकासको बाटोमा अघि बढ्छ। तर परिस्थिति त्यस्तो रहेन। ५ वर्षका लागि निर्वाचित सरकारले ३ वर्षमै संसद विघटन गरेर चुनाव घोषणा गर्‍यो, जसले फेरि राजनीतिक अस्थिरता र अविकासको बाटोमा मुलुकलाई लैजान्छ कि भन्ने चिन्ता धेरैतिरबाट व्यक्त हुन थालेको छ।

नेपालको एउटा बलियो व्यावसायिक घराना (एनई ग्रुप)को नेतृत्व गरिरहेका रविभक्त श्रेष्ठसँग नेपालमा लगानीका अवसर, बहुराष्ट्रिय कम्पनी भित्र्याउँदाका अफ्ठेरा, राजनीतिक परिवर्तनले आर्थिक विकासमा पार्ने प्रभाव र निजी क्षेत्रको भूमिकाका विषयमा नेपाल लाइभका सविन मिश्र र उत्तम काप्रीले गरेको अन्तर्वार्ताको सम्पादित अंश:-

लामो समय अवरुद्ध भएको नेपालको औद्योगिक विकास संविधान निर्माणपछि हुन्छ कि भन्ने आम अपेक्षा थियो। २०७४ को चुनावपछि स्थायित्व हुन्छ, आर्थिक विकासको गतिमा मुलुक अघि बढ्छ भन्ने धेरैको अपेक्षा पनि थियो। तर अहिले राजनीतिक परिस्थिति फेरि बिग्रियो। नेपालको आर्थिक विकास, आन्तरिक र बाह्य लगानी तथा निजी क्षेत्रको मनोबल बढाउने विषयमा यसले कस्तो प्रभाव पार्छ?

Read More